२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौधरीसँग कोरियाली राजदूत पार्कको भेट

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते-योंङ तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (कोइका) को प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गरेको छ ।

आज भएको उक्त भेटका क्रममा नेपाल काठमाडौँ-कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

सो अवसरमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट कोरिया सरकारले नेपाललाई उपलब्ध गराएको उन्नत पशु नस्लप्रति आभार व्यक्त गरिन् । उनले वर्तमान सरकारले दुग्ध क्षेत्र विकास तथा दुग्ध विकास संस्थान सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कोरियाको आधुनिक दुग्ध प्रविधि नेपालमा विस्तार गर्न चाहेको बताए ।

मन्त्री चौधरीले नेपाल सरकारले डिजिटलाइजेशन, नवप्रवर्तन, जलवायु–स्मार्ट कृषि तथा युवा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यी क्षेत्रमा कोरियाबाट थप लगानी, प्रविधि तथा प्राविधिक सहयोग अपेक्षा गरिएको बताइन् । जैविक मल उत्पादन प्रविधि, पढ्ने तथा कमाउने कार्यक्रम विस्तार तथा संयुक्त कृषि कार्यसमिति बैठक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइन्।

राजदूत पार्कले नेपाल र कोरियाबीच विगतदेखि कृषि तथा वातावरण क्षेत्रमा विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको उल्लेख गर्दै कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । उनले कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १०८ उन्नत जातका हिफरबाट उत्साहजनक परिणाम प्राप्त भएको, महिला कृषकले व्यावसायिक उत्पादन सुरु गरिसकेको तथा तेस्रो पुस्तासम्म बाच्छाबाच्छी उत्पादन भइसकेको जानकारी दिए । 

राजदूत पार्कले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगको सहकार्यमा गतवर्ष स्थापना गरिएको ‘कोपिआ सेन्टर’ले प्रारम्भिक चरणमा तरकारी तथा आलु अनुसन्धानमा काम गरिरहेको जानकारी दिए । कोरियामा कार्यरत नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै उनले कृषि क्षेत्रमा कार्यरत धेरै नेपाली युवाले सिकेको सीप र प्रविधि नेपाल फर्किएपछि उद्यमशीलतामा प्रयोग गरिरहेको उल्लेख गरे ।

राजदूत पार्कले वातावरण तथा ऊर्जा क्षेत्रको सहकार्यबारे चर्चा गर्दै रसुवामा निर्माणाधीन त्रिसूली जलविद्युत् आयोजना महत्वपूर्ण सहकार्य क्षेत्र रहेको बताए । वातावरणसम्बन्धी सहकार्यलाई थप विस्तार गर्न आगामी दिनमा संयुक्त सेमिनार आयोजना गर्ने उनले इच्छा व्यक्त गरे ।

भेटवार्तामा नेपाल-कोरियाबीचको दीर्घकालीन बहुपक्षीय तथा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

0 Comments