२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन्।

सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्तापाता लगाइदिन आग्रह गरे ।

सांसद सन्दीप रानाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेस गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गरे।

सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढी प्रभावित भएकाले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गरे ।

सांसद भूमिका लिम्बू सुब्बाले मध्यपहाडी (पुष्पलाल) लोकमार्गका केही सडकखण्ड अवरुद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गरिन् ।

सांसद आशिष गजुरेलले बिपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढीका कारण बालबालिकाको ज्यान जान थालेकामा चिन्ता गर्दै विपद् व्यवस्थापनमा पूर्वसचेतना कार्य प्रभावकारी बनाउन सुझाव दिए ।

सांसद नरेन्द्रकुमार केरूङले बेमौसमी मनसुनका कारण मध्यपहाडी (पुष्पलाल) लोक मार्गको फलैचाँ (दोभाने) लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको एकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गरे ।

सांसद क्षितिज थेबेले गत जेठ ८ गतेको भीषण पानीले ताप्लेजुङ र पाँचथरमा विपद्जन्य घटनाका कारण प्रभावित जनतालाई क्षतिपूर्ति दिन माग गरे ।

सांसद राम विनोद यादवले स्वास्थ्यकर्मीको लापरबाहीका कारण धनुषामा उपचारका क्रममा एक गर्भवतीको निधन भएकामा दुःख व्यक्त गर्दै यस्ता घटना नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराए ।

सांसद सुशान्त वैदिकले प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा केही दिनदेखि बिजुली बन्द भएकाले तत्काल ध्यान दिन आग्रह गरे ।

सांसद रेखाकुमारी यादवले सर्वोच्च अदालतको फैसला विपरीत महोत्तरी जिल्लास्थित गौशालाको ३४ घरधुरी भत्काउन खोजिएकामा आपत्ति व्यक्त गरिन्।

सांसद शम्भुप्रसाद ढकालले झापामा वर्षाका कारण बिजुली प्रभावित भएको र केरा खेतीमा नोक्सानी भएकाले राहत दिन माग गरे ।

सांसद प्रेमबहादुर बयकले हालै आएको वर्षा र पहिरोका कारण अछामको रामारोशनमा दुई सय भेडाको क्षति भएको जानकारी दिँदै यसबाट पीडित किसानलाई राहत उपलब्ध गराउन अनुरोध गरे ।

0 Comments