२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल राष्ट्र बैंक विधेयक प्रतिनिधिसभामा दर्ता, वित्तीय संरचना सुदृढीकरणको लक्ष्य

अ+ अ-

काठमाडौँ । मुलुकको मौद्रिक तथा वित्तीय नीतिगत संरचनालाई समसामयिक बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकसँग सम्बन्धित तेस्रो संशोधन विधेयक संघीय संसद्मा दर्ता भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन्।

सरकारी पक्षका अनुसार विधेयकले मूल्य स्थिरता तथा शोधनान्तर सन्तुलनलाई प्रभावकारी रूपमा कायम राख्दै समग्र वित्तीय प्रणालीको स्थायित्व बलियो बनाउने उद्देश्य लिएको छ। बदलिँदो आर्थिक परिदृश्य, वित्तीय प्रविधिको विस्तार, डिजिटल प्रणालीको उपयोग र केन्द्रीय बैंकको भूमिकामा आएको परिवर्तनलाई दृष्टिगत गर्दै विद्यमान कानुनी प्रावधानहरूलाई अद्यावधिक गर्ने आवश्यकताअनुसार विधेयक अघि सारिएको जनाइएको छ।

प्रस्तावित व्यवस्थामार्फत बैंकको कार्यक्षेत्र, गभर्नर तथा सञ्चालकहरूको नियुक्ति तथा पदमुक्ति प्रक्रिया, वित्तीय स्थायित्व कायम गर्ने संरचना, डिजिटल मुद्रा सम्बन्धी व्यवस्था र नियामकीय अधिकारको स्पष्टता जस्ता पक्षलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकलाई संस्थागत रूपमा अझ स्वायत्त, उत्तरदायी र पारदर्शी बनाउँदै प्रभावकारी सञ्चालन सुनिश्चित गर्न कानुनी सुधार आवश्यक रहेको तर्क विधेयकको उद्देश्य तथा कारणमा उल्लेख गरिएको छ।

0 Comments