काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका प्रमुखविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेको छ।
पर्सा जिल्ला अदालतले महानगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। उनीमाथि लिखत सम्बन्धी किर्ते कार्य गरेको आरोपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार नागरिकता, राहदानी सम्बन्धी कागजातसँग जोडिएको विषयमा देखिएको अनियमितताका आधारमा पक्राउका लागि अनुमति प्रदान गरिएको हो।







