२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

अ+ अ-

एजेन्सी । श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । श्रीलंका वैदेशिक रोजगार ब्युरोका अध्यक्ष कोसला विक्रमसिंघेले सोमबार जानकारी दिएका हुन् ।

उनका अनुसार सन् २०२६ को पहिलो चार महिनामा मात्रै ३ अर्ब ६ करोड अमेरिकी डलर बराबरको विप्रेषण प्राप्त भएको छ । सन् २०२५ को सोही अवधिमा २ अर्ब ४० करोड डलर विप्रेषण प्राप्त भएको थियो, जुन त्यस अघिसम्मकै उच्च तथ्यांक मानिएको थियो ।

अध्यक्ष विक्रमसिंघेले विप्रेषण वृद्धिको प्रमुख कारण श्रीलंकाली वैदेशिक कामदारहरूको आधारभूत तलबमा भएको वृद्धि, नयाँ सरकारले लागू गरेका सुधारात्मक उपायपछि अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि हुनु तथा कामदारका लागि कल्याणकारी सुविधा विस्तार हुनु रहेको बताए ।

उनले मध्यपूर्वका केही क्षेत्रमा द्वन्द्वको अवस्था रहे पनि विप्रेषण आप्रवाह निरन्तर रूपमा बढिरहेको उल्लेख गरे। मध्यपूर्व श्रीलंकाली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य क्षेत्र मानिन्छ ।

विप्रेषण श्रीलंकाको प्रमुख वैदेशिक मुद्रा आम्दानी स्रोतहरूमध्ये एक हो ।

0 Comments