२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभामा रोस्ट्रम घटनापछि पूर्वमुख्यमन्त्री राईको स्पष्टीकरण, प्रक्रियागत त्रुटि सच्याउन माग

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सभाको बैठकमा बुधबार देखिएको तनावपूर्ण घटनापछि पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राजेन्द्र राईले आफू रोस्ट्रम घेर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै सभा हल प्रवेश गरेको स्पष्ट पारेका छन्।

सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढाएपछि बैठक स्थलमा असन्तुष्टि चुलिएको थियो। सोही क्रममा पूर्वमुख्यमन्त्री राई रोस्ट्रम नजिक पुगेका दृश्य सार्वजनिक भएपछि घटनाले राजनीतिक बहस चर्काएको हो।

राईका अनुसार सभामुखले विधि र स्थापित संसदीय अभ्यासभन्दा बाहिर गएर निर्णय गरेको भन्दै त्यसप्रति ध्यानाकर्षण गराउन आफूहरू रोस्ट्रम घेर्ने कार्यक्रममै सहभागी भएको बताए। उनका अनुसार विरोध गर्ने समय सीमित भएकाले सबै कुरा बोल्न नपाए पनि कार्यक्रमको उद्देश्य स्पष्ट रहेको थियो।

उनले नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुखले ‘सर्वसम्मति’ शब्द प्रयोग गर्नु उपयुक्त नभएको दाबी गर्दै प्रक्रियागत त्रुटि भएको आरोप लगाए। उनका अनुसार संशोधनका लागि पर्याप्त अवसर नदिई प्रक्रिया अघि बढाइएको विषयमा प्रतिपक्षको असन्तुष्टि रहेको छ।

राईले आफूहरू ७२ घण्टा अघिको अवस्थातर्फ फर्कने पक्षमा नभए पनि संसदीय प्रक्रिया अनुसार भएका कमजोरी सच्याउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार सभामुखले प्रस्ताव पारित गर्दा बहुमतका आधारमा भएको भन्ने स्पष्ट उल्लेख गर्नु उपयुक्त हुने थियो।

बैठकमा उत्पन्न विवादका कारण तनाव बढेपछि सभामुख विष्टले बैठक स्थगित गरेका थिए। मंगलबार पनि नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर प्रतिपक्षले आपत्ति जनाउँदै विरोध गरेको थियो।

0 Comments