२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ’: उपराष्ट्रपति

अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

“धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्दछ । यसले हामीलाई सुख–दुःख साझा गर्न, अभावमा रहेकाहरूसँग हातेमालो गर्न र समाजमा सहिष्णुता तथा सद्भावलाई बढावा दिन सिकाउँछ”, उनले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । यहाँ मनाइने पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्व भाव र एकताको संस्कारलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता र सांस्कृतिक ऐक्यबद्धताको संरक्षणमा योगदान पुर्‍याउँछन् भन्ने उनले विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले ‘इद–उल–अज्हा’ पर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई अझ सबल बनाउँदै सभ्य, शान्त, समुन्नत र समृद्ध मुलुक तथा समाज निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

0 Comments