२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटेल भरिभराउ

अ+ अ-

म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटेलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुंग–तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटेल पाहुनाले भरिभराउ भएका हुन् ।

म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटेल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका होटेल व्यवसायी राजु हमालले बताए ।

“भारतबाट गर्मी छल्न आएका र बिदा मनाउन देशका विभिन्न ठाउँबाट आएका पाहुनाले होटेल भरिएका छन्”, उनले भने, “मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी, बागलुङ, कुश्मा र पोखरासम्म व्यवस्थापन गरिएको छ ।”

भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालक हेमनारायण पुनले मुस्ताङ जाने आउने पर्यटकहरूको चापले भ्याई नभ्याई भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजार जनाभन्दा बढी पर्यटक भित्रिएका छन् । घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शुक्रबार नौ हजार ८६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । 

शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ । मुस्ताङका होटलमा एक दिनमा १० हजार पाहुना राख्न सक्ने क्षमता रहेको छ । म्याग्दीका होटलमा दैनिक दुई हजार जना बास बस्न सक्ने क्षमता छ । 

मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ । आन्तरिक पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ । 

भारतको बिहारबाट आएका शम्भु साहले गर्मी छल्न र तीर्थयात्राका लागि परिवार तथा छिमेकीहरू मिलेर बस रिजर्भ गरेर मुस्ताङ घुम्न आएको बताउनुभयो । चार दिनको सार्वजनिक बिदाको सदुपयोग गर्न परिवार र साथीभाइ मिलेर मुस्ताङ तथा ढोरपाटन घुमेर फर्किएको काठमाडौँका हरि न्यौपानेले बताए । 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढी पहिरो र स्तरोन्नतिका लागि सवारीसाधन बन्द हुँदा यात्राका क्रममा दुःख भएको पर्यटकहरूले गुनासो गरेका छन् । मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो ।

0 Comments