२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणाममुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।

प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा संघ र प्रदेशको चालु आवधिक योजना, आगामी दोस्रो पञ्चवर्षीय आयोजनाले निर्दिष्ट गरेका लक्ष्य र प्राथमिकता, पहिलो पञ्चवर्षीय योजना कार्यान्वयनबाट प्राप्त उपलब्धिको आधारमा क्षेत्रगत आयोजनामा विनियोजन सन्तुलन गर्ने गरी आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिइएको उल्लेख छ ।

यस्तै, प्रदेश गौरवका आयोजनाहरू आगामी आवभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन, सहजीकरण, समन्वय र नियमन गर्ने प्रबन्ध मिलाइने नीति कार्यक्रममा छ । खान पानीबाहेकका योजनामा प्रदेश सरकारबाट रु. २५ लाखभन्दा कम लागतका विकास आयोजनामा बजेट विनियोजन नगर्ने र रु. २५ लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन गरिने नीति लिइएको छ ।

सार्वजनिक खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै अनुत्पादक खर्चमा कटौती, वित्तीय अनुशासन कायम गर्ने, बेरुजु फर्छ्योट तथा सम्परीक्षण कार्यलाई उच्च प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।

‘प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम’मार्फत सीप विकास कार्यक्रम सञ्चालन, प्रादेशिक अर्थतन्त्रको सबलीकरणका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक निजी साझेदारी प्रवर्द्धन, प्रादेशिक सडक यातायात गुरुयोजनाको प्राथमिकताका आधारमा प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्गलगायत सडकको स्तरोन्नति र कृषि आर्थिक पहुँच मार्ग निर्माणको विषय नीति कार्यक्रममा समेटिएको छ ।

खानेपानी सेवा पुर्‍याउन ‘एक घर, एक धारा’ कार्यक्रम, सिँचाईको व्यवस्थापनका लागि एकीकृत कृषि सिँचाई आयोजनाको कार्यान्वयन, जनता आवास कार्यक्रमको निरन्तरता, रोजगारी एवं स्वरोजगारी सिर्जना गर्न मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, दशरथचन्द सीपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, द्वारिकादेवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रमलाई नीति कार्यक्रममा समेटिएको छ ।

यस्तै, ‘पर्यटन पूर्वाधार: समृद्ध प्रदेशको आधार’ भन्ने नाराका साथ पर्यटकीय क्षेत्रको संरक्षण विकास एवं प्रवर्द्धन गरिने उल्लेख छ । अपि–सुर्मा–सैपाल–खप्तड–रानीसैन– बडिमालिका–रामारोशन क्षेत्र पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गरी प्रदेशलाई आकर्षक तथा सुरक्षित पर्यटन गन्तव्यको रूपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति कार्यक्रममा ‘सामुदायिक वन, प्रदेशको धन’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्यतर्फ ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’ सञ्चालन, सिकलसेल एनिमिया रोकथामका लागि घोराघोरी स्वास्थ्य उपचार कार्यक्रमजस्ता विषय पनि समेटिएका छन् ।

खेलकुदको विकासतर्फ धनगढीको फाप्ला क्रिकेट मैदानको स्तरोन्नतिका लागि संघ सरकारसँग साझेदारी गर्न आवश्यक समन्वय र सहकार्य गरिने, धनगढी रंगशालाको स्तरोन्नति, अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट पदक विजेता प्रदेशका खेलाडीलाई विशेष सम्मान गरिनेजस्ता विषय पनि कार्यक्रममा समेटिएका छन् ।

कृषि क्षेत्रको विकासतर्फ कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको प्रवर्द्धन गरी कृषि उत्पादनमा आत्मनिर्भर बनाइने, ‘एक पालिका दुई उत्पादन कार्यक्रम’ सञ्चालन, कृषक पहिचान कार्यक्रमलाई प्राथमिकता दिई कृषि ऋणमा ब्याज अनुदान, प्रतिफलमा आधारित अनुदानलगायत कार्यक्रम पनि सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।

0 Comments