२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनादेखि बेपत्ता सशस्त्रका असई र युवती पाँचखालको वनमा मृत फेला

अ+ अ-

काठमाडौँ । लामो समयदेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

पर्सा बहुदरमाई-८ रामनगरीका शक्ति राम र कैलाली घोडाघोडी-१ की २६ वर्षीया शर्मिला चौधरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। उनीहरू दुवैजना करिब एक महिनादेखि हराइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार शव काभ्रेको पाँचखाल नगरपालिका-३ स्थित ठूली सामुदायिक वनमा मौवाको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो। प्रारम्भिक विवरणअनुसार शव लामो समयदेखि सडेको अवस्थामा थियो, जसका कारण मृत्यु केही दिनअघि नै भएको हुनसक्ने अनुमान गरिएको छ।

शव सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो भने शरीरका भागहरू सडेर जमिनमा झरेको अवस्थामा देखिएको थियो। घटनास्थल नजिक वन समितिका कर्मचारीले अनुगमनका क्रममा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरी अनुसन्धान अनुसार कपडा र साथमा भेटिएका कागजातका आधारमा मृतकहरूको पहिचान पुष्टि गरिएको हो। परिवार र आफन्तहरूले दिएको विवरणसँग मिलाएर उनीहरूको परिचय यकिन गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धान विवरणअनुसार शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा रहेका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। त्यस्तै शर्मिला चौधरी वैशाख १८ गते काभ्रेमा रहेका शक्तिरामलाई भेट्न जाने भन्दै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

दुवै परिवारले आ-आफ्नो तर्फबाट खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा निवेदन दिएका थिए भने शर्मिलाका भाइले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएका थिए।

जिल्ला प्रहरी कार्यालयले दुवै शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको जनाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

0 Comments