काठमाडौँ । सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी टिकटकर तुलसी अधिकारीसम्बन्धी मुद्दामा ४० जना स्वयंसेवी वकिलहरूले वकालतनामा दर्ता गरेका छन्।
ललितपुर जिल्ला अदालतमा जारी सुनुवाइका क्रममा सबै कानुनी प्रतिनिधिले बहस पूरा गर्न नसकेपछि थुनछेक आदेश बुधबार पनि जारी हुन सकेन। सोही कारण उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा उक्त मुद्दा हाल हेर्दाहेर्दै अवस्थामा रहेको छ। अदालतको आदेश नआएसम्म उनलाई पुनः हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा तुलसी अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी रहेका छन्।







