२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक

अ+ अ-

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी स्वदेश फर्किए । मलेसियामा तीन वर्ष मजदुरी गरेका चौधरीको मासिक रु. ३५ हजार कमाइ गरे । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किएका विजय अहिले माछा पालनमा छन् ।

गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट छनौट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएपछि चौधरीको कृषिप्रतिको लगाव अझ बढेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सात प्रदेशबाट उत्कृष्ट दुई/दुई कृषक गरी १४  कृषकलाई सम्मानित गरेको थियो । रु. दुई लाख राशिको पुरस्कार पाएपछि हर्षित भएका चौधरीले सम्मानले कृषि पेसाप्रति जाँगर बढेको बताए । 

“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ,” चौधरीले भने, “अब युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने योजना व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”

सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछा पोखरी बनाएर मत्स्य उत्पादनमा लाग्नुभएका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछा उत्पादन बढाउने गरी अघि बढिसकेको बताए ।

“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु,” चौधरीले भने, “वर्षमा नौ लाखभन्दा बढी बचत हुन्छ ।” स्वदेशी माछा उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण मिलाई दिनुपर्ने चौधरीको भनाइ छ ।

 “यहाँ उत्पादन भएको माछा झलारी, बेलौरी, वाणी र स्थानीय बजारमा खपत भइरहेको हुन्छ,” उनले भने, “भारतलगायत अन्य मुलुकबाट आयात हुने माछालाई रोक लगाएर स्वदेशी उत्पादनलाई बजारको सुनिश्चितता गरिनुपर्छ ।”

चौधरीले हरेक वर्ष असोजदेखि माघ महिनासम्म माछा बिक्री वितरण हुने गरेको बताए । उनको कामले अन्यले पनि रोजगारी पाउनु सुखद कुरा हो । “माटोमा पसिना बगाए युवा विदेश जानु पर्दैन । यही राम्रै मुनाफा कमाउन गर्न सकिन्छ ।”

0 Comments