काठमाडौँ । आकस्मिक आएको हावाहुरीका कारण फेवातालमा छाल आई प्याडल तथा सर्फिङ बोटमा फसेका १० जना पर्यटकहरूलाई उद्धार गरिएको छ ।
शनिवार साँझको करिब ४ बजे आकस्मिक आएको हावाहुरीका कारण फसेका १० जना पर्यटकहरूलाई नेपाली सेना, नं. १ विपद् व्यवस्थापन गण र महावीर गण (रेन्जर)बाट खटिएको टोलीले उद्धार गरेको हो ।







