काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।
दुई देशबीचको प्रतिनिधमण्डलबीच भेटवार्ता भएको भारतीय विदेशमन्त्री डा. जयशंकरले आफ्नो सामाजिक सञ्जाल भिडियोमार्फत जानकारी दिएको हो । नेपाली प्रतिनिधिमण्डलको टोलीलाई स्वागत गर्दै राखेको प्रारम्भिक मन्तव्य पनि सेयर गरेका छन् ।
परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार)भारत गएका थिए । भारतीय विदेशमन्त्री डा. जयशंकरको औपचारिक निम्तोमा परराष्ट्र मन्त्री खनाल भारत गएका हुन् ।







