२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार ठगीसम्बन्धी पुराना मुद्दाको विद्युतीय अभिलेखीकरणलाई तीव्रता

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार ठगीसँग सम्बन्धित लामो समयदेखि विभागमा रहेका मुद्दाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई तीव्र बनाइएको छ। वैदेशिक रोजगार विभागले २०६४ सालयता दर्ता भएका ४० हजारभन्दा बढी मुद्दालाई विद्युतीय अभिलेख प्रणालीमा समावेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

विभागका अनुसार वर्षौंदेखि कागजी फाइलका रूपमा संकलित रहेका ती मुद्दाहरूलाई व्यवस्थित ढङ्गले वर्गीकरण, खोज तथा व्यवस्थापन गर्न सहज बनाउने उद्देश्यले स्क्यान गरी डिजिटल अभिलेख तयार पार्ने काम भइरहेको छ। हालसम्म १० हजारभन्दा बढी मुद्दाको स्क्यान तथा आवश्यक विवरण संकलन सम्पन्न भइसकेको र बाँकी फाइलहरूको अभिलेखीकरण कार्य निरन्तर जारी रहेको बताइएको छ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी बिन्दा आचार्यका अनुसार विद्युतीय अभिलेख प्रणालीले अनुसन्धान तथा कानुनी प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। यसबाट आवश्यक कागजात व्यवस्थापनमा सहजता आउने र मुद्दाहरू समयमै अदालतमा पेश गर्न अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ।

यसअघि गत भदौ २४ गते भएको आन्दोलनका क्रममा विभागको कार्यालयमा भएको तोडफोड र आगजनीबाट पुराना मुद्दाहरूको स्क्यान प्रतिलिपि सुरक्षित गरिएको भण्डारण उपकरण नष्ट भएको थियो। त्यस घटनापछि विभागले पुनः कागजी फाइलहरू स्क्यान गरी डिजिटल अभिलेख तयार गर्ने प्रक्रिया सुरु गरेको हो।

विभागले आगामी छ महिनाभित्र पुराना मुद्दाहरूको अभिलेखीकरण तथा व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ। सो उद्देश्यअनुसार छुट्टै जनशक्ति परिचालन गरी कामलाई अगाडि बढाइएको जनाइएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रको सुशासन सुदृढ गर्ने नीतिअनुसार पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै पुराना मुद्दाहरूको व्यवस्थापन तथा पीडितलाई न्याय सुनिश्चित गर्ने प्रक्रियालाई निरन्तरता दिइरहेको जनाएको छ।

0 Comments