२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यजन्य जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्य सुधारमा मन्त्री मेहताको जोड

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अहिले पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुधारका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले सुरक्षित र स्वच्छ खानपानको सुनिश्चितताबाट जनस्वास्थ्य सुदृढ बनाउने दिशामा सरकार निरन्तर सक्रिय रहेको उल्लेख गरेकी छन्।

मन्त्री मेहताले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको जनाउँदै खाद्य परीक्षण प्रयोगशालाको क्षमता अभिवृद्धि, जोखिमका आधारमा बजार अनुगमन तथा आवश्यक नीतिगत सुधारका कार्यक्रमलाई समेत तीव्रता दिइने बताएकी छन्।

उनका अनुसार खाद्य उत्पादनदेखि भण्डारण, वितरण र उपभोगसम्मका सबै चरणमा स्वच्छता कायम गर्नु राज्यको दायित्व हो र त्यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उपयुक्त भण्डारण प्रणालीलाई प्रभावकारी रूपमा अवलम्बन गर्न आवश्यक छ।

उनले यस्ता अभ्यासले उपभोक्तासम्म गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सहयोग पुग्ने र असुरक्षित खानपानका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षतिलाई समेत घटाउन योगदान पुर्‍याउने धारणा व्यक्त गरेकी छन्।
साथै, खाद्य शृङ्खलासँग सम्बन्धित उत्पादक, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवालाले खाद्य स्वच्छताको महत्त्वलाई आत्मसात गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न यस दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

यस वर्ष ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नारासहित नेपालसहित विश्वभर विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष दूषित खाद्य पदार्थका कारण करिब ६० करोड मानिस बिरामी पर्ने तथा करिब चार लाख २० हजार जनाको अकालमै मृत्यु हुने गरेको तथ्यांक छ।

0 Comments