२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका ६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न दूतावासको निर्देशन

अ+ अ-

काठमाडौँ । भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसोबास गरिरहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ।

थाइल्यान्डस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूचनामा सम्बन्धित नेपाली नागरिकहरूलाई आवश्यक यात्रा व्यवस्था मिलाई तोकिएको समयभित्र नेपाल फर्किन स्पष्ट निर्देशन दिइएको हो।

यसअघि विभिन्न प्रयोजनका लागि कम्बोडिया पुगेका ६०२ जना नेपालीमध्ये भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेका व्यक्तिहरूका लागि त्यहाँको सरकारसँग समन्वय गरी भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै स्वदेश फिर्ता प्रक्रियामा सहजीकरण गरिएको थियो।

तर इमेल, फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपालीले स्वदेश फर्किन आवश्यक पहल नगरेको पाइएको दूतावासले जनाएको छ।

कम्बोडिया सरकारले तोकिएको अवधिभित्र देश नछोड्ने विदेशी नागरिकमाथि कानुनी कारबाही कडा बनाएको छ। नयाँ प्रावधानअनुसार अपराधको प्रकृतिअनुसार ठूलो रकम जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

दूतावासले सम्बन्धित सबै नेपालीलाई कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी सन् २०२६ जुन १२ भित्र नेपाल फर्किन अनुरोध गरेको छ। साथै, परिवार तथा आफन्तलाई पनि आफ्ना सदस्यहरूलाई तत्काल स्वदेश फर्किन सहजीकरण गर्न आग्रह गरिएको छ।

0 Comments