१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन

अ+ अ-

काठमाडौँ । जनमत पार्टीले संघीय संरचनासम्बन्धी विभिन्न माग अघि सार्दै सोमबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।

पार्टीले यसअघि भएको आठबुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै प्रदेशहरूलाई पूर्ण अधिकारसहितको स्वायत्त संरचनाका रूपमा स्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो। प्रदर्शनमार्फत कर्मचारी प्रशासन र स्थानीय तहलाई प्रदेश सरकारको अधिकार क्षेत्रभित्र राख्नुपर्ने मागसमेत उठाइएको छ।

जनमत पार्टीले प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रशासनलाई पनि प्रदेश सरकारअन्तर्गत सञ्चालन गर्नुपर्ने व्यवस्था गर्न आग्रह गरेको छ। त्यस्तै, नेपाली सेनामा मधेशी र थारु समुदायको सामूहिक सहभागिता सुनिश्चित गर्न, जनसंख्याको अनुपातलाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्न तथा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्याको समाधान गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको छ।

कृषि क्षेत्रका सवाल उठाउँदै प्रदर्शनकारीहरूले किसानलाई आवश्यक मलखाद समयमै उपलब्ध गराउन र सहजरूपमा कृषि ऋण प्राप्त हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, चुरे क्षेत्रको दोहन तथा अतिक्रमण नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्ने विषय पनि उनीहरूले उठाएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्वासी तथा अन्य अल्पसंख्यक समुदायमाथि हुने भनिएको विभेद, उत्पीडन र शोषण अन्त्य गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

0 Comments