२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, डिजिटल सेवा र पूर्वाधार विस्तारमा जोड

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य, शिक्षा, डिजिटल सुशासन, रोजगारी, पर्यटन, पूर्वाधार तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको १८औँ अधिवेशनबाट प्रस्तुत नीति तथा कार्यक्रममा ‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ’ भन्ने दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

नगर प्रमुख मिठाराम अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रविधिमैत्री, परिणाममुखी र नागरिक केन्द्रित रहेको बताए। उनले सेवा प्रवाहमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको प्रयोग बढाउँदै सेवाको गुणस्तर तथा पूर्वानुमानयोग्यता सुनिश्चित गर्ने लक्ष्य लिइएको उल्लेख गरे।

उनले भने, “आगामी आर्थिक वर्षमा बुढानीलकण्ठ नगरपालिकाले एआई तथा प्रविधिमैत्री सेवा प्रणालीलाई प्राथमिकता दिएको छ। नागरिकले पाउने सेवाको गुणस्तर वृद्धि गर्ने, सेवाप्रतिको पूर्वानुमान र सुनिश्चितता कायम गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छौँ।”

नगरपालिकाले आगामी वर्ष स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तारलाई प्राथमिकता दिएको छ। बुढानीलकण्ठ नगर अस्पताललाई २४ सै घण्टा विशेषज्ञ सेवासहित सञ्चालन गर्ने, माइनर अपरेसन, दन्त सेवा, नवजात शिशु तथा बालरोग सेवा विस्तार गर्ने तथा सामाजिक सुरक्षा कोषसँग आबद्धता बढाउने नीति लिइएको छ। विपन्न, अपांगता भएका व्यक्ति, हिंसापीडित, ज्येष्ठ नागरिक तथा अन्य लक्षित वर्गका लागि सहुलियतपूर्ण स्वास्थ्य सेवालाई निरन्तरता दिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा नसर्ने रोगको रोकथाम, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड, प्रसूति पोषण भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम तथा विद्यालय स्वास्थ्य कार्यक्रमलाई पनि निरन्तरता दिइने उल्लेख छ। साथै नगर अस्पतालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परीक्षण सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।

शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी पहिलो रोजाइको विद्यालयका रूपमा विकास गर्ने, सामुदायिक र संस्थागत विद्यालयबीचको दूरी घटाउने तथा ‘शैक्षिक उन्नयन वर्ष’ कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ। ‘शिक्षक हो, शैक्षिक रूपान्तरणको आधार’, ‘आधारभूत शिक्षा मेरो प्राथमिकता’ तथा ‘प्रत्येक समुदाय, एक पुस्तकालय’ जस्ता कार्यक्रममार्फत शिक्षामा सुधार ल्याउने लक्ष्य राखिएको छ।

नगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षामा विशेष ध्यान दिने, छात्रवृत्ति बैंक सञ्चालन गर्ने, विद्यालय स्वास्थ्य कार्यक्रम विस्तार गर्ने तथा शिक्षालाई सीप, उद्यमशीलता र रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यसै सन्दर्भमा नगर प्रमुख अधिकारीले शिक्षामा गुणस्तरीय सिकाइलाई केन्द्रमा राखिएको उल्लेख गर्दै भने, “हामीले ‘के पढ्ने’ भन्दा ‘कसरी पढ्ने’ भन्ने अवधारणालाई प्राथमिकता दिएका छौँ। शिक्षाको गुणस्तर सुधार गरी सिकाइ उपलब्धिलाई शतप्रतिशत बनाउने दिशामा कार्यक्रम केन्द्रित छन्।”

युवालाई लक्षित गर्दै ‘स्वदेशमा बसौँ, स्वदेशमै गरौँ’ नारासहित सीप विकास, रोजगारमूलक तालिम, इन्टर्नसिप, स्टार्टअप कोष तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। नगर युवा परिषद्मार्फत ‘बुढानीलकण्ठ यूथ समिट’, एआई ह्याकाथन, एआई बुटक्याम्प तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्वाधार विकासतर्फ नगरभित्रका सडक, ढल, खानेपानी, भवन, पार्क तथा सार्वजनिक सम्पत्तिको जीआईएस आधारित अभिलेखीकरण गर्ने, स्मार्ट लाइटिङ, सीसीटीभी प्रणाली विस्तार गर्ने तथा भवन नक्सापास प्रक्रियालाई पूर्णरूपमा डिजिटल प्रणालीमा लैजाने योजना अघि सारिएको छ।

यस्तै, पैदलमैत्री सडक, अपांगतामैत्री पूर्वाधार, वर्षायाममा हुने डुबान नियन्त्रण, विपद् जोखिम नक्सांकन तथा बहुउद्देश्यीय सार्वजनिक भवन निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।

यातायात व्यवस्थापनतर्फ नगरपालिकाले विद्युतीय नगर बस सञ्चालन गर्ने, सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने, बसपार्क सञ्चालनमा ल्याउने तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन विस्तार गर्ने योजना अघि सारेको छ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नीति तथा कार्यक्रमले प्रविधि, पूर्वाधार र वातावरणीय व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाएको बताए।

उनले भने, “आगामी आर्थिक वर्षमा एआई, प्रविधिमैत्री सेवा, सेवाको गुणस्तर र सेवाको पूर्वानुमान सुनिश्चिततामा विशेष जोड दिएका छौँ। दिगो पूर्वाधार निर्माण, नियमित मर्मतसम्भार, वातावरण संरक्षण, फोहर मैला व्यवस्थापन तथा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ।”

उनका अनुसार पूर्वाधार निर्माणसँगै नियमित मर्मत सम्भारलाई संस्थागत गर्ने, फोहर मैला व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई नीतिगत रूपमा अघि बढाइनेछ। नगरपालिकाले आगामी वर्ष सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउँदै डिजिटल सुशासनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

सामाजिक समावेशीकरणअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगीक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्ने, अपांगतामैत्री सेवा प्रवाह विस्तार गर्ने तथा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ।

संस्कृति, पर्यटन र सम्पदा संरक्षणतर्फ बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानमार्फत भाषा, साहित्य, कला तथा सांस्कृतिक सम्पदाको अभिलेखीकरण र प्रवर्द्धन गरिने भएको छ। बागद्वार, विष्णुद्वार, सपनतीर्थ लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर सांस्कृतिक-पर्यटकीय सर्किट विकास गर्ने कार्यक्रमसमेत समेटिएको छ।

नगरपालिकाले आगामी वर्ष सेवा प्रवाहलाई थप डिजिटल, पारदर्शी र जवाफदेही बनाउँदै सूचना प्रविधिमा आधारित सुशासन, आर्थिक विकास, पर्यटन प्रवर्द्धन र सामाजिक विकासमार्फत समृद्ध नगर निर्माणको लक्ष्य अघि सारेको जनाएको छ।

बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमसहित नगर सभा सम्पन्न गर्ने स्थानीय तहमध्ये आफू पहिलो नगरपालिका भएको जनाएको छ। नगर नेतृत्वले यसलाई आगामी वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि समयमै तयारी गर्ने अवसरका रूपमा लिएको छ।

0 Comments