२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिन् । 

उनले अभियानको सफल कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेकी छिन् ।

आगामी दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने  सहयोगापेक्षीको व्यवस्थापनका लागि सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौतामा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे ।

सम्झौतापछि आफ्नो धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँलाई सांस्कृतिक सहरका साथै मानवतामा आधारित सहरको पहिचान स्थापित गराउन सडक सहयोगापेक्षी मानवमुक्त काठमाडौँ घोषणा गरिएको बताइन् ।

कार्यक्रममा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनमा अब कमजोरी गर्न नहुने बताए । यस कार्यमा सबै जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो । महानगरपालिकाले विसं २०७४ देखि मानव सेवा आश्रमसँगको सहकार्यमा औसतमा वार्षिक करिब रु. दुई करोड खर्च गरिरहेको छ ।

कार्यक्रममा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले सञ्चालन गरेको मेची महाकाली अभियानको पनि समापनको घोषणा गरिएको छ । यस अवधिमा एक सय ९७ जना सहयोगापेक्षीको उद्धार र व्यवस्थापन गरिएको मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले मानवता प्रवर्द्धनका लागि महत्त्वपूर्ण सम्झौता भएको भन्दै उक्त दिनलाई आफूले पवित्र दिनका रूपमा सम्झने उल्लेख गरे ।

समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तथा आश्रमका संरक्षक डा. गोविन्द टण्डनलगायत वक्ताले आफ्नो धारणा राखेका थिए ।

सम्झौताका पक्षहरू र अन्य सम्बद्ध निकाय तथा पदाधिकारीहरूको नियमित बैठक, सम्झौताको प्रभावकारी कार्यान्वयन योजना, कार्यक्रम तथा स्रोतसाधनको प्रबन्ध मिलाउन एक समन्वय समिति रहने जनाइएको छ । 

0 Comments