काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलले आह्वान गरेको विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ।
मंगलबार बसेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठकमा काँग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई सहभागी भएका छन्।
त्यस्तै, नेकपा (एमाले) का तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल तथा प्रमुख सचेतक ऐन महर बैठकमा उपस्थित छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख सचेतक खुश्बु ओली लगायतका प्रतिनिधिहरू पनि बैठकमा सहभागी छन्।
संसदमा जारी अवरोधका कारण प्रतिनिधिसभाको बैठक यसअघि स्थगित भएपछि राजनीतिक समन्वय र निकास खोज्ने उद्देश्यले काँग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक आयोजना गरेको हो।







