२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फा सम्बन्धी निर्णय फिर्ता लिन फिफा-एएफसीको आग्रह, अन्यथा नेपालमाथि अन्तर्राष्ट्रिय निलम्बनको चेतावनी

अ+ अ-

काठमाडौँ । विश्व फुटबलको नियामक संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक व्यवस्थापनमा बाह्य हस्तक्षेप अन्त्य नभए नेपालमाथि अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निलम्बनको प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।

एन्फाले हालै सार्वजनिक गरेको फिफा र एएफसीको संयुक्त पत्रअनुसार उक्त पत्र २०२६ जुन ५ मा प्राप्त भएको थियो। पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ २ गते एन्फामाथि लगाइएको निलम्बन हटाएको भए पनि चैत १२ मा गरिएका अन्य निर्णयहरू यथावत् रहेको उल्लेख गरिएको छ।

राखेपले एन्फालाई निर्वाचन प्रक्रिया स्थगित गर्न, विधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूको निर्वाचन सञ्चालन गर्न दिएको निर्देशनलाई फिफा र एएफसीले फुटबल प्रशासनमा ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ का रूपमा व्याख्या गरेका छन्।

संयुक्त पत्रमार्फत फिफा र एएफसीले एन्फाका महासचिव किरण राईमार्फत सम्बन्धित निकायलाई चैत १२ मा गरिएका निर्णय पूर्ण रूपमा फिर्ता लिइएको लिखित प्रतिबद्धता आगामी जेठ २८ गतेभित्र उपलब्ध गराउन आग्रह गरेका छन्।

पत्रमा तोकिएको समय सीमाभित्र सन्तोषजनक जवाफ प्राप्त नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट निलम्बन गर्ने विषय फिफा काउन्सिलसमक्ष प्रस्तुत गरिने स्पष्ट उल्लेख गरिएको छ।

0 Comments