२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९० लाख बराबरको फर्सीको बिउ बरामद, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

अ+ अ-

काठमाडौँ । रौतहट प्रहरीले अश्रुग्याँस प्रहार गरेर ९० लाख बढीको अवैध फर्सीको बीउ बरामद गरेको छ ।

नेपाल–भारत सीमाबाट बरामद बीउ ३ सय २२ बोरामा १२ हजार ८ सय ८० किलोग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा गर्ने क्रममा ६ जना सामान्य घाइते भएका छन् । बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी राखिएको अवस्थामा फेला परेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोल क्षेत्रमा छापा मारेको थियो ।

सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त ठूलो परिमाणमा फर्सीको बीउ फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए । बरामद बीउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उक्त फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुडा हुँदा ३ प्रहरी र ३ स्थानीय गरेर ६ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

0 Comments