काठमाडौँ । कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निरीक्षण गरेका छन् ।
मन्त्री लम्सालले आज फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको निरीक्षण गरेका हुन् । त्यस क्रममा उनले परियोजनाको निर्माण कार्य प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।







