२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान

अ+ अ-

राँझा (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकाका किसान परम्परागत ढक-तराजु छोडेर डिजिटल प्रविधिमैत्री बन्दै गएका छन् । 

पहिलो चरणमा गाउँपालिकाभित्रका ७६ जना किसानलाई गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसान प्रविधिसँग जोडिएर श्रमको सही मूल्य पाउन थालेका छन् ।

बैजनाथ गाउँपालिका–७ का किसान दिनेश चौधरीले वर्षौँदेखि परम्परागत ढक–तराजु प्रयोग गरेर आफ्नो खेतबारीको उब्जनी जोख्दा कहिले ढक खिइने त कहिले व्यापारीको आफ्नै तराजुमा शंका उपशंका हुने समस्या डिजिटल तराजुले अन्त्य गरेको बताए ।  

“अब तौलमा तलमाथि हुने डरै भएन, व्यापारीले पनि ठग्न पाएनन्, आफूलाई पनि ढुक्क भएको छ” उनले भने, “गाउँपालिकाले हामीजस्ता साना किसानको मर्का बुझिदिएर डिजिटल तराजु सहयोग गरेको जस्तो लागेको छ ।”

‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसानको कथा अहिले फेरिएको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका ठूला–ठूला कुरा भइरहँदा, किसानले उत्पादन गरेको वस्तुको सही तौल हुनु नै बजारको पहिलो र मुख्य सर्त ठानेर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३को बजेटमार्फत यो योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए। 

“किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने व्यक्ति वा व्यवसायी र किसान बिचको विश्वास बढाउने र परिणाम सही निकाल्ने काम यो डिजिटल तराजुले गर्नेछ”, अध्यक्ष शाहीले भने, “किसानको उत्पादनलाई बजारीकरण गर्न यसले थप मद्दत पुर्‍याउने हाम्रो विश्वास छ ।”

गाउँपालिकाले किसानलाई प्रविधिसँग जोड्नका लागि कतिपय क्षेत्रमा ७० प्रतिशत त कतिपयमा पूर्णअनुदान दिँदै आएको गाउँपालिका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताए। 

उनका अनुसार, गाउँपालिकाभरिबाट कुल ९६ जना किसानले तराजुका लागि निवेदन दिएकोमा प्राप्त आवेदनमध्येबाट वास्तविक र आवश्यकताका आधारमा छनोट गरेर पहिलो चरणमा ७६ जना किसानलाई एक–एक थान डिजिटल तराजु वितरण गरिएको हो । ७० प्रतिशत अनुदान पाएपछि किसानले निकै कम लागतमा आधुनिक प्रविधि आफ्नो घर र खेतबारीसम्म पुर्‍याउन सफल भएका छन् ।

डिजिटल तराजुले किसानलाई परम्परागत ढक–तराजु जस्तो दण्डी मार्ने वा तौलमा घटबढ हुने सम्भावना शून्य हुने, क्रेता र बिक्रेता दुवैले डिजिटल स्क्रिनमा सिधै तौल देख्न सक्ने भएकाले असमझदारी हट्ने र छिटो र छरितो तौल हुने हुँदा बजारमा सामान लैजाँदा समय बचत हुने उनको भनाइ छ ।

0 Comments