१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैनपुरमा पाँच हजार आठ सय कफीका बिरुवा वितरण

अ+ अ-

सङ्खुवासभा । चैनपुर नगरपालिका वडा नम्बर २ ले कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई  कफीका बिरुवा वितरण गरेको छ । वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा नि:शुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताए ।

कफी खेतीलाई आयआर्जनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्न वडा कार्यालयले विशेष प्राथमिकता दिएर कफिका बिरुवा वितरण गरेको वडाध्यक्ष शेर्पाले बताए । वडा नम्बर २ लाई आगामी दिनमा कफी  पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुरूप कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

पहिलो चरणमा पिङडाँडा, झाँक्रीचोक, धनसार र चितलाङ टोलमा बिरुवा वितरण गरिएको छ । कफी खेतीका लागि उपयुक्त हावापानी र भूगोल भएकाले बिरुवा वितरण गरिएको हो । 

कफी खेती विस्तारसँगै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ । स्थानीय किसानले नि:शुल्क रूपमा प्राप्त बिरुवाले कफी खेती विस्तार गर्न उत्साह मिलेको बताएका छन् । उत्पादनपछि बजार व्यवस्थापन र प्राविधिक सहयोगमा समेत स्थानीय तहले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । चैनपुर नगरपालिका–२ ले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न नगदे बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

0 Comments