२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔँ’: राष्ट्रपति 

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएका छन् ।  

 लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताए । 

 राष्ट्रपति पौडेलले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गरेका जनताको चाहना मुलुकको चौतर्फी विकास हो । अभीष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल, अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक छ ।”

स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले प्रविधि र ‘स्मार्ट’ सेवा प्रवाहका माध्यमबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्नेमा जोड दिए ।

संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई अझ मजबुत बनाउनु पर्ने खाँचो औँल्याउँदै राष्ट्रपतिले भने, “आयोगप्रतिको भरोसा एवं यसले अवलम्बन गरेका सिद्धान्त र प्रणालीका कारण परिश्रमी युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरेको अनुभव, ज्ञानसँगै विश्वव्यापीरुपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीको अध्ययनका आधारमा आफ्ना कामलाई भविष्यमा अझ परिस्कृत गर्न आयोगले  योगदान गर्ने ठानेको छु ।

लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाउँदै भावी योजना निर्धारण गर्नुपर्ने चुनौती कायम छ  भन्दै राष्ट्रपति पौडेलले वार्षिकोत्सवको क्षणमा विगतको कामका समीक्षा गरी योजना तर्जुमा गर्न सुझाव दिए ।

उनले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमायोग्यता, निष्पक्षता र स्वच्छताको  मूल सिद्धान्तका जगमा रहेर प्रभावकारी तवर काम गरेकामा आयोगको सराहना गरे । 

0 Comments