२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट’: अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारलाई केन्द्रमा राखेर ल्याइएको बताएका छन् ।

राष्ट्रिय सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको  अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा चुनौती रहे पनि नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्थमन्त्रीले बजेट सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना तथा निजी क्षेत्रको प्रवर्द्धनलाई केन्द्रमा राखेर निर्माण गरिएको बताए । निर्वाचन पूर्व सार्वजनिक गरिएको प्रतिबद्धता पत्र अनुसार आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई प्राथमिकतामा राखिएको उनले बताए । 

“हामीले सुशासनलाई केन्द्रमा राखेका छौँ, आम नागरिकको चासोका विषय आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई अगाडि बढाएका छौँ,” उनले भने, “मुलुकको समृद्धिका लागि मध्यम वर्गको विस्तार आवश्यक छ । निम्न आय भएका वर्गलाई माथि उकास्दै मध्यम वर्ग विस्तार गर्न खोजिएको हो । गरिब तथा तल्लो आय भएका वर्गलाई बेवास्ता गरिएको भन्ने टिप्पणी वास्तविकताभन्दा फरक छ ।”

उनले २१ वटा आर्थिक क्षेत्र पहिचान गरी आगामी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको जानकारी दिँदै सडक पूर्वाधार विस्तार, प्रवासी नेपालीलाई लगानीकर्ता तथा विकासका संवाहकका रूपमा परिचालन गर्ने नीति तथा निजी क्षेत्रलाई आर्थिक वृद्धि र लगानीको प्रमुख साझेदारका रूपमा अघि बढाइएको बताए ।

कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्णरूपमा पुरानो रूपमा  फर्किन नसकेको उल्लेख गर्दै उनले निजी लगानीमा अझै अनिश्चितता रहेको स्वीकार गरे । “मध्यम वर्गको क्रय शक्ति कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सक्दैन,” उनले भने, “त्यसैले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरेका छौँ ।”

सामाजिक सुरक्षाका कार्यक्रम कटौती नगरिएको, बरु थप विस्तार गरिएको उल्लेख गर्दै उनले कृषि आधुनिकीकरण, श्रमिक सुरक्षा, कृषि बिमा, रोजगारी तथा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए। राष्ट्रिय सभाको अर्को बैठक यही असार ५ गते शुक्रबार अपराह्न १:१५ बजे बस्नेछ ।

0 Comments