१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसम विभागले भन्यो- ‘एलनिनो प्रणालीका कारण यस पटक ढिला भित्रँदैछ मनसुन’

अ+ अ-

काठमाडौँ । नेपालमा यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन प्रणाली अझै नेपाल प्रवेश नगरेको जनाएको छ।

सामान्यतया नेपालमा जुन १३ तारिखतिर मनसुन भित्रिने सरदर भए पनि यस वर्ष हालसम्म मनसुन प्रवेश नभएको विभागले जनाएको छ। विभागले आइतबार जारी गरेको विज्ञप्तिमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरिएको   हो । 

विभागका अनुसार हाल प्रशान्त महासागर क्षेत्रमा ‘एल निनो’ विकसित भइसकेको छ र यो थप बलियो हुँदै गइरहेको छ। एल निनोको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुन कमजोर रहने सम्भावना रहेको बताइएको छ । 

विगतमा पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको तथ्यांक रहेको विभागले जनाएको छ। केही वर्षमा त जुन महिनाको अन्त्यतिर मात्र मनसुन नेपाल प्रवेश गरेको रेकर्ड रहेको छ। यद्यपि, मनसुन नआए पनि हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गए राति चितवनमा सबैभन्दा धेरै ५२ मिलिमिटर र सुनसरीमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ। यसैबीच, आगामी केही दिन तराईका भूभागमा गर्मी बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भोलिसम्म तातो दिन रहने मौसमविद्ले बताएका छन्।

विभागका अनुसार एलनिनो भएका वर्ष मनसुन भित्रिएको मिति
१९७२, १८ जुन– २०२९ असार ४ गते
१९८२, २७ जुन- २०३९ असार १३ गते
१९८३, २४ जुन- २०४० असार १० गते
१९८७, १४ जुन- २०४४ जेठ ३१ गते
१९९२, २१ जुन- २०४९ असार ७ गते
१९९७, १४ जुन- २०५४ जेठ ३१ गते
२००२, १५ जुन- २०५९ असार १ गते
२००९, २३ जुन- २०६६ असार ९ गते
२०१६, १५ जुन- २०७३ असार १ नबतभ
२०१९, २० जुन- २०७६ असार ५ गते
२०२३, १४ जुन- २०८० जेठ ३१ गते

0 Comments