२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात बुँदे सहमतिबारे इतर समूहको आधिकारिक धारणा खोज्दै उपसभापति शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सहमतिका लागि अघि सारिएको सात बुँदे प्रस्तावबारे संस्थापनइतर पक्षको स्पष्ट धारणा आउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार झापामा भएको भेटका क्रममा उपसभापति शर्माले उक्त विषय उठाएका हुन् । पारिवारिक शोकमा रहेका शर्मालाई समवेदना दिन सिटौला पुगेका बेला दुई नेताबीच करिब १० देखि १५ मिनेट छलफल भएको काँग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

छलफलका क्रममा शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अन्य नेताहरूसँग सहमतिका लागि पठाइएको सात बुँदे प्रस्तावबारे इतर पक्षबाट औपचारिक प्रतिक्रिया आउन नसकेको विषय सिटौलासमक्ष राखेका थिए ।

उनले इतर समूहका नेताहरूबीच छलफल गरी प्रस्तावप्रति साझा धारणा तय गर्न पनि आग्रह गरेको बताइएको छ । प्रस्ताव स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा जिम्मेवार र आधिकारिक धारणा सार्वजनिक गर्ने व्यक्ति वा संयन्त्र स्पष्ट हुनुपर्ने शर्माको भनाइ थियो ।

भेटमा शर्माले पार्टी सभापति र उपसभापतिको तहबाट सहमतिको वातावरण बनाउन प्रस्ताव पठाउने, संवाद गर्ने र भेटघाटमार्फत समाधान खोज्ने प्रयास भइरहेको जानकारी सिटौलालाई गराएका थिए ।

काँग्रेसभित्र पछिल्लो समय नेतृत्व र आन्तरिक सहमतिका विषयमा देखिएको मतभेदका बीच दुई नेताबीच भएको संवादलाई पार्टी एकताको प्रयाससँग जोडेर हेरिएको छ ।

0 Comments