२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा महामन्त्री बुर्लाकोटीको प्रस्टोक्ति : ‘अभिव्यक्ति पार्टीभित्रको टिकट प्रक्रियासँग सम्बन्धित थियो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य कवीन्द्र बुर्लाकोटीले आफ्नो पछिल्लो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले आफूले सरकारी नियुक्ति वा विश्वविद्यालयको पदाधिकारी चयन प्रक्रियासँग जोडेर कुनै धारणा नराखेको बताएका हुन् ।

संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले आफ्नो भनाइ पार्टीको आन्तरिक उम्मेदवार छनोट तथा टिकट वितरण प्रणालीसँग सम्बन्धित रहेको स्पष्ट पारे । उनले पार्टी निर्माणमा सक्रिय योगदान दिएका कार्यकर्तालाई चुनावी टिकट दिने क्रममा प्राथमिकता दिने विषयमा आफूले उल्लेख गरेको बताए ।

यसअघि विश्वविद्यालयको उपकुलपति छनोटका लागि सरकारले अघि सारेको योग्यता र प्रतिस्पर्धामा आधारित प्रणालीभन्दा फरक ढंगले रास्वपाले मापदण्ड बनाउने आशय राखेको भन्दै उनको भनाइको आलोचना भएको थियो । पार्टीको संगठन विस्तारमा संलग्न व्यक्तिलाई अतिरिक्त महत्व दिने आशयमा उनले “एक नम्बर थपिने” भन्ने अभिव्यक्ति दिएका थिए ।

बुर्लाकोटीले भने उक्त भनाइलाई सरकारी नियुक्ति प्रक्रियासँग जोडेर बुझ्न नमिल्ने दाबी गरे । उनका अनुसार पार्टीको आन्तरिक संरचनामा लामो समयदेखि सक्रिय रहेका र संगठनमा योगदान पुर्‍याएका व्यक्तिलाई उम्मेदवार चयन गर्दा मूल्यांकन गर्ने सन्दर्भमा मात्र उक्त कुरा उल्लेख गरिएको हो ।

उनले पार्टी अधिवेशनका क्रममा कार्यकर्ताको योगदानलाई ध्यानमा राखेर टिकट वितरणमा प्राथमिकता दिने विषयमा धारणा राखेको पनि बताए ।

Leave a Reply