२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख हैरानी दिने ६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २०८३ असार २ गते बिहान करिब १०:१५ बजे चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक समस्या सिर्जना गरिरहेको सूचना प्राप्त भएको थियो।

उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-५ का २७ वर्षीय रञ्जित महर्जन, गोकर्णेश्वर नगरपालिका-८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि-१२ गुर्जुधाराका ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि-५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक गाउँपालिका-१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरि-६ का २५ वर्षीय सविन तामाङ रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार सार्वजनिक सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको छ।

0 Comments