६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवी राईको खोजीबारे सरकारको भूमिका स्पष्ट गर्न सांसद आरेन राईको माग

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका अभियुक्त गितेन्द्रबाबु (जीवी) राईको खोजी तथा पक्राउ प्रक्रियाबारे सरकारको सक्रियता पर्याप्त नदेखिएको भन्दै प्रश्न उठाएका छन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद राईले सहकारीसम्बन्धी मुद्दा न्यायिक प्रक्रियासँग जोडिएको विषय भए पनि एक नेपाली नागरिकको अवस्थाबारे जानकारी प्राप्त गर्नु र आवश्यक पहल गर्नु राज्यको दायित्व भएको बताए ।

उनले विगतमा जीवी राईलाई जहाँ रहे पनि नेपाल ल्याइने दाबी सार्वजनिक रूपमा गरिएको स्मरण गराउँदै हालसम्म त्यस सम्बन्धमा उल्लेखनीय प्रगति नदेखिएको टिप्पणी गरे । यस विषयमा सरकार र सम्बन्धित निकायहरूले स्पष्ट जानकारी दिनुपर्ने उनको माग थियो ।

सांसद राईले जीवी राई पक्राउ परेपछि विभिन्न पक्षलाई असहज अवस्था सिर्जना हुन सक्ने आशंकाका कारण खोजी कार्यले अपेक्षित प्राथमिकता नपाएको हुनसक्ने अनुमानसमेत व्यक्त गरे ।

उनका अनुसार सहकारी ठगीसम्बन्धी कानुनी विषय अदालतको क्षेत्राधिकारभित्र पर्ने भए पनि सम्बन्धित व्यक्तिको खोजी, अवस्थाबारे जानकारी संकलन तथा कानुनी प्रक्रियामा उपस्थित गराउने दायित्व राज्य निकायको हो ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका जीवी राई हाल फरार छन् । उनीविरुद्ध देशका विभिन्न जिल्लामा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढिरहेको छ ।

0 Comments