१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

अ+ अ-

भद्रपुर (झापा) । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापरबाही नै मुख्य कारक रहेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो ।

प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कूल १७४ वटा सडक दुर्घटना भएका छन् । जसमध्ये १५४ वटा दुर्घटना चालककै चरम लापरबाहीका कारण भएको देखिएको छ ।

 यसको तुलनामा सडकको दुरावस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन् । यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाको कारण एउटा र तीन वटा अन्य कारण सवारी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । यसले सडक र प्रविधिभन्दा मानवीय त्रुटि निकै उच्च रहेको पुष्टि गर्छ ।

यस अवधिमा भएका सवारी दुर्घटनाहरूमा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई मध्यनजर गर्दै झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत चलेका दुई हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु २८ लाख ३३ हजार ९१ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । 

0 Comments