२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै

अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ ।

उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार ७ देखि ९ गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिए । 

त्यसैगरी, २०७९ को आम निर्वाचनमा उम्मेदवार भइ निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई समेत प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ ।

यस्तै पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधिमा रहनेछन् ।

केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरू महाधिवेशन प्रतिनिधिका रूपमा हुनेछन् । तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरू र सल्लाहकार पनि प्रतिनिधिका रूपमा रहनेछन् । 

संघीय नेतृत्व मञ्चका सबै सदस्यहरू, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँच जना महाधिवेशनका लागि प्रतिनिधि बन्नेछन् । 

विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरू, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनेछन्। विभिन्न २५ देशबाट प्रतिनिधिहरू आउने तय भएको छ । ती देशबाट सङ्ख्याका आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताए । 

यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुई सय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ ।

विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार गरिँदै छ । महाधिवेशन प्रतिनिधिको एकिन सङ्ख्या साँझसम्ममा तय हुने उनले बताए । 

यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी हुनेहरूको सूची पनि तयार हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरू, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको बताइन्छ ।

महाधिवेशनको पहिलोदिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन गरिँदै छ । ८ र ९ गते मैदान नजिकै रहेको उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन गर्दैछ । निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्रीका लागि निर्वाचन हुने श्रेष्ठले जानकारी दिए । 

0 Comments