काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.केशरबहादुर ढकालले (आज) शुक्रवारदेखि अनिवार्य अवकाश पाएका छन् ।
गत कात्तिक ३० गते महानिर्देशक बनेका डा.ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । स्वास्थ्य सेवाको १२औँ तह अतिरिक्त सचिवमा बढुवा भएपछि डा. ढकाल स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनी पछिल्लो एक महिनायता बिदामा बसेका थिए ।







