२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३ सय २९ मोटरसाइकल कारबाहीमा

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।

सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ । हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ ।”

यसैबीच, ट्राफिक प्रहरीले आज मात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ । चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

Leave a Reply