काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।
बैठकमा सरकारका काम-कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने बताइएको छ । यसैगरी, संसदीय समितिका गतिविधि, संसद्मा काँग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।







