६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका-इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु

अ+ अ-

जेनेभा । मध्यपूर्व युद्ध रोक्ने अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई कायम राख्न र संवाद जारी राख्नका लागि शनिबार स्विट्जरल्यान्डको एक रिसोर्टमा विभिन्न देशका कूटनीतिज्ञहरूको बैठक बसेको छ ।

स्विस विदेश मन्त्रालयले जेनेभाबाट बताएअनुसार लुसेर्न नजिकैको विलासी बुरगेनस्टक रिसोर्टमा कूटनीतिज्ञहरूबीच छलफल भइरहेको छ । थप विवरण भने दिइएको छैन ।

एक कूटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार शनिबार भइरहेका छलफलहरू तयारी स्वरूपका छन् ।

यो होटलमा उच्चस्तरीय वार्ता सुरुमा शुक्रबारका लागि तय थियो तर एक्कासी स्थगित गरिएको थियो । इजरायलले दक्षिणी लेबनानमा घातक हमला गरेपछि यो प्रक्रिया अनिश्चिततामा परेको छ ।

स्विस सार्वजनिक प्रसारक आरटीएसका अनुसार अमेरिका र इरानका प्राविधिक प्रतिनिधिमण्डल तथा मध्यस्थकर्ता कतार र पाकिस्तानका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् ।

“स्विट्जरल्यान्डले अमेरिका र इरानबीचको समझदारीको कार्यान्वयनका लागि बुरगेनस्टकमा गोप्य र विश्वसनीय वातावरण उपलब्ध गराइरहेको छ”, विदेश मन्त्रालयद्वारा जारी संक्षिप्त विज्ञप्तिमा उल्लेख छ, “विभिन्न देशका कूटनीतिज्ञहरूले हाल संवाद कायम राख्न प्रयास गरिरहेका छन् ।”

उपस्थित व्यक्ति र छलफलका विषयबारे थप जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

इजरायली हमला
शनिबार इजरायलले दक्षिणी लेबनानमा घातक हवाई हमला गरेको छ भने हिजबुल्लाहले जवाफ दिने अधिकार रहेको बताएको छ । यसअघि अमेरिकाले इरानसँगको नयाँ सम्झौतालाई तनावमा पारेको द्वन्द्वलाई रोक्न युद्धविरामको घोषणा गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले यो हप्ता युद्धका सबै मोर्चाहरू ९लेबनानसहित० रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । तर लेबनानमा नयाँ लडाइँ बढेपछि बुरगेनस्टकमा शुक्रबारका लागि तय भएको पछिल्लो वार्ता अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

0 Comments