६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठाउँठाउँमा भारी वर्षा, तराईमा तातो

अ+ अ-

काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ ।

केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम रहेको छ । भलै तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार ठाउँठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी नै रहने छ ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन। तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ । पूर्वमा मनसुनी वायुको प्रभाव रहेको तर कमजोर रहेको जनाइएको छ । यद्यपि देशका केही मापन केन्द्रमा भारी वर्षा भएको छ ।

आज कहाँकहाँ पर्‍यो भारी वर्षा ?
विभागका अनुसार आज राति साढे ८ बजेको अभिलेखमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

यस्तै, पर्वतमा ६८, कास्कीमा ५१, लमजुङमा ६०, खोटाङमा ५५.६, मोरङ र सुनसरीमा ६३/६३ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।

हल्कादेखि मध्यम वर्षा भने अन्य धेरै मापन केन्द्रमा भएको छ । यद्यपि लुम्बिनी सुदूरपश्चिम र कणाली प्रदेशमा भने खासै वर्षा हुन सकेको छैन ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग एक-दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र बागमती, गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

यस्तै, कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग तथा अन्य एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

0 Comments