१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुधारगृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट प्रहरीसहित ३ जना घाइते

अ+ अ-

काठमाडौँ । जिल्ला मोरङ विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा बस्दै आएका युवकले छुरा प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन् ।

मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी २९ वर्षीय रुबिण कार्कीलाई सुधार गृह, काठमाडौँ पठाउने तयारी भइरहेको क्रममा उनले कोठा थुनेर आत्महत्या गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि सीआरभी भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सुधार गृहका कर्मचारी, आफन्त तथा प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा कार्कीले आफू सुत्ने बेडमा लुकाइराखेको धारिलो हतियार छुरा एक्कासी निकालेर प्रहार गरेका थिए ।

छुरा प्रहारबाट सीआरभी भट्टा चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् । तीनै जनाको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

घाइतेहरूलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट समेत प्रहरी टोली खटिई थप अनुसन्धान तथा समन्वयको कार्य भइरहेको छ।

0 Comments