काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले आज राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१, पुरानो टुँडिखेल, कास्कीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा समेतका प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दा अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो।







