६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा आज सम्पन्न २६ औँ गाउँ सभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले पारित गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई समृद्ध धौलागिरि निर्माणको आधारका रूपमा अघि सारेको छ ।

गाउँपालिकाका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ र ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने तथा पर्यटन र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने विषयलाई समेटिएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

पूर्वाधार विकासतर्फ रु. ११ करोड ६५ लाख विनियोजन गरिएको छ । यसअन्तर्गत भेडीखाल्टा गाउँलाई सडक सञ्जालमा जोड्न रु. एक करोड छ लाख, निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न रु. एक करोड ५० लाख, हेम माध्यमिक विद्यालयमा दशकोठे भवन निर्माणका लागि रु. ५० लाख तथा गाउँपालिका क्षेत्रका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सरसफाइ शीर्षकमा रु. एक करोड विनियोजन गरिएको छ । 

त्यसैगरी लुलाङ–गुर्जा सडक स्तरोन्नतिका लागि प्रदेश र गाउँपालिकाको साझेदारीमा रु. एक करोड बजेट व्यवस्था गरिएको छ । ताकम ढल व्यवस्थापन योजनाका लागि रु. एक करोड र ताकम माविको छात्रावास भवन निर्माणका लागि रु. ४० लाख बिनियोजन भएको छ । 

आर्थिक विकासतर्फ रु. एक करोड चार लाख, सामाजिक विकासतर्फ रु. २२ करोड २४ लाख ६० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. ८५ लाख तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु. १२ करोड ७३ लाख ४३ हजार विनियोजन गरिएको छ ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सञ्चित कोषको नगद मौज्दातलाई स्रोतका रूपमा उपयोग गरी बजेट कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । 

धौलागिरिले पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार र डिजिटल प्रविधिमैत्री सेवा प्रवाहलाई समेत बजेटको प्राथमिकतामा राखेको जनाएको छ । 

0 Comments