६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाका सतावटै स्थानीय तहले ल्याए बजेट

अ+ अ-

अदानचुली (हुम्ला) । हुम्लाका सातवटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।

सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकता राख्दै आगामी आवका लागि रु ६४ करोड ९५ लाख २८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार घर बिमा, नवयुवाका लागि सीप विकासलगायत कार्यक्रमलाई अघि सारिएको छ ।

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ३८ करोड ९७ लाख ८८ हजार २१८ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार कुल बजेटमध्ये रु १९ करोड २० लाख ९६ हजार २१८ चालुतर्फ र रु १९ करोड ७६ लाख ९२ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँ सभामा प्रस्तुत बजेटमा विकास निर्माण, प्रभावकारी सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

खार्पुनाथ गाउँपालिकाले रु ४९ करोड ९५ लाख ५७ हजार २८८ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार रु २१ करोड ९८ लाख पुँजीगततर्फ र रु २७ करोड ९७ लाख ५७ हजार २८८ चालुतर्फ विनियोजन गरिएको छ । स्मार्ट गाउँपालिका, रैथाने बाली प्रवर्द्धन तथा माटोका छानामुक्त घर निर्माणलाई प्राथमिकता दिइएको उनले जानकारी दिए।

त्यसैगरी, ताँजाकोट गाउँपालिकाले रु ३५ करोड ५७ लाख १० हजार ९६६ को बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैशीका अनुसार शिक्षा, स्वास्थ्य, उत्पादन, घर बिमा तथा ‘अध्यक्षसँग नवयुवा’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पर्यटन, आयआर्जन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै रु ३५ करोड ३२ लाख १५ हजार ८८८ को बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए । 

मध्यक्षेत्रमा रहेको सर्केगार्ड गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ५४ करोड २७ लाख ९४ हजार १२ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार आएको बजेटलाई विषयगत समितिमा विनियोजन गरी आवश्यक छलफलपश्चात् बजेट पारित गरिने बताए।

चङ्खेली गाउँपालिकाले रु ४२ करोड २९ लाख २० हजार ११० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार कुल बजेटमध्ये रु २३ करोड ९० लाख २७ हजार ११० चालुतर्फ र रु १८ करोड ३८ लाख ९३ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले बताए।

सातवटै गाउँपालिकाले उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका सबै गाउँपालिकाले पहिलो पटक एकैदिन गाउँसभाको आयोजना गरी बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

0 Comments