६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छ’ : मुख्यमन्त्री शाह

अ+ अ-

गोदावरी (कैलाली) । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रदेश सरकार लागिपरेको बताएका छन् । 

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अनुसन्धान तथा संरक्षणमा प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताए । सुदूरपश्चिम प्रदेश भाषा, कला, संस्कृतिमा बेग्लै पहिचान बोकेको क्षेत्र भएकाले यसलाई जोगाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।  

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा मौलिक लोक साहित्यका रूपमा रहेका डेउडा, फाग, चैत, धमारी र भुवा जस्ता विधा भएकाले यसको जर्गेना गर्न आवश्यक रहेको बताए। उनले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवर्द्धन र अनुसन्धानमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । 

आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री शाहले प्रतिबद्धता व्यक्त गरे ।  सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

0 Comments