६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । 

बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषि कार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताइन्। 

“वडा कार्यालयमार्फत किसानहरूबाट माग संकलन गरेर सङ्ख्या निर्धारण गरी पालिकाले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनीटिलर खरिद गरेर वितरण गरेका हौँ”, उनले भनिन्, “खेतबारी खनजोत गर्दा समयको बचत र लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।”

डिजेलबाट चल्ने ५७ र पेट्रोलबाट चल्ने २४ वटा ट्याक्टर वितरण गरिएको हो । क्षमता र गुणस्तरअनुसार ट्याक्टरको मूल्य प्रतिगोटा रु ३५ हजारदेखि रु ४८ हजारमा आपूर्ति गर्ने कबोलेका आपूर्तिकर्ता छनोट भएका थिए । तोकिएको मूल्यमा किसानले ४० प्रतिशत रकम तिरेका हुन् भने ६० प्रतिशत गाउँपालिकाले भुक्तानी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालका अनुसार यान्त्रिक हलो खरिद र वितरणका लागि मालिका गाउँपालिकाले चालु आव २०८३/८४ मा रु ३२ लाखभन्दा बढी विनियोजन गरेको थियो । गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि विनियोजन गरेको बजेटलाई एकीकृत गरेर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । 

खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनीटिलरको प्रयोग बढेको छ । एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनीटिलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको किसानहरूको अनुभव छ । मिनीटिलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झन्झट हटेको छ । मिनीटिलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको छ । 

0 Comments