१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमतीको हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

अ+ अ-

पर्वत । मोदी गाउँपालिका-६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६ वर्ष कैद सजाय सुनाएको हो । अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ । अदालतको फैसलाअनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने प्राप्त प्रमाण, बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो । मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरणअनुसार विक घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि जबरजस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए ।

उक्त मुद्दामा अदालतले तोकेको रु. ५० हजार धरौटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए । विककी श्रीमती सीता विकले नै कात्तिक २४ गते धरौटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन् ।  कात्तिक २५ गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए ।

घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटके अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ ।

0 Comments