१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा वा द्वेष फैलाउने सामग्री बनाएको आरोपमा रुकुम पश्चिमबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेशी मूलका व्यक्तिजस्तो देखिने एक व्यक्तिमाथि दुर्व्यवहार गरिएको भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उक्त भिडियो जीवन ओली नामक फेसबुक पेजमा राखिएको बताइएको छ ।

प्रहरीका अनुसार सो भिडियोले जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउन सक्ने देखिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो । सोही क्रममा मिति २०८३ असार १२ गते अन्दाजी अपराह्न ४:४५ बजेको समयमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माछिमीबाट तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ बस्ने नरबहादुर ओलीका छोरा अन्दाजी २८ वर्षीय डिल्लीबहादुर ओली, सोही स्थानका लक्षिराम खत्रीका छोरा अन्दाजी ३१ वर्षीय राजन केसी र कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ शिरसवा घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका अन्दाजी ३१ वर्षीय रघुबिर कोरी रहेका छन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

0 Comments