काठमाडौँ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना सवार गाडी दुर्घटनामा परेको छ ।
स्वर्गद्वारी नगरपालिका-२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१-००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो ।
उपप्रमुख राना आफैँले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको थियो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।







