१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

अ+ अ-

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका-१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६:३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

मोहर्रम पर्वका अवसरमा ताजिया विसर्जनका लागि ठूलो सङ्ख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जन स्थलबाट करिब ७०० मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले खोजीका क्रममा आकाश पासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल भैरहवा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

बेपत्ता भएका अरमान पठानको खोजी कार्य जारी रहेको प्रहरीले राससलाई जनाएको छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी छ । प्रहरीका अनुसार वर्षाका कारण रोहिणी नदीमा पानीको सतह बढेको र पानी धमिलो रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

0 Comments